२०८३ आश्विन १७ गते, शनिबार २२:०५

महोत्तरी मालपोत कार्यालयका खरिदार र लेखापढी व्यवसायी घुससहित पक्राउ

महोत्तरी-

भूमिसुधार तथा मालपोत कार्यालय महोत्तरीमा कार्यरत खरिदार मुन्नुकुमार दास र लेखापढी व्यवसायी जिवछ महतोलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ३५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले सेवाग्राहीबाट लिएको ३५ हजार रुपैयाँ घुस रकमसहित कार्यालयबाटै दुबैजनालाई पक्राउ गरेको हो।

सेवाग्राहीको काम छिटो गराइदिने भन्दै उनीहरुले घुस लिएको अख्तियारको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको कार्यालयमा राखिएको छ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस