२०८३ बैशाख २ गते, बुधबार ०५:४९

समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा विरोध सभा गर्ने

काठमान्डौँ- 

समाजवादी मोर्चाले अगामी चैत १५ गते काठमाडौंमा गणतन्त्रको पक्षमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

मंगलवार आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले चैत १५ गते गणतन्त्रको पक्षमा एवं प्रतिगामी हर्कतहरुका विरुद्ध संयुक्त विरोधसभा गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताउनु भयो । उहाँकाअनुसार आउँदो चैत १ गते बिहान मोर्चाको बैठक बस्ने र दिउँसो पत्रकार सम्मलेनको आयोजना गर्दै जनतामा गणतन्त्र विरोधी कदमको विरोध गर्न आह्वान गर्ने निर्णय समेत भएको छ । उहाँले बैठकले देशको पछिल्लो राजनीतिक परिस्थितिबारे गम्भिर विश्लेषण गरेर वस्तुगत निष्कर्ष निकालेको बताउनु भयो । मुलुकमा अलोकतान्त्रिक घट्नाक्रमहरु घटाउने कुचेष्टा र नेपाली जनताको पटक पटकको बलिदानीबाट प्राप्त गणतन्त्रका विरुद्ध गम्भिर षड्यन्त्र शुरु निष्कर्ष समेत बैठकले निकाले उहाँले बताउनु भयो ।

उहाँले संविधान र लोकतन्त्र विरोधी कामहरु वामपन्थी र कम्युनिष्टहरुको लागि सह्य नभएको समेत बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस