२०८३ आश्विन २७ गते, मंगलवार २०:४७

एसईई परीक्षामा क्यालकुलेटर, मोबाइल र स्मार्ट वाचमा कडाइ

पर्सा –

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले आगामी माध्यमिक शिक्षा परीक्षा (एसईई) मा क्यालकुलेटर, मोबाइल र स्मार्ट वाचको प्रयोगमा कडाइ गर्ने निर्णय गरेको छ। बोर्डले बुधवार  एक सूचना जारी गर्दै परीक्षाको मर्यादा कायम राख्न यस्तो निर्णय गरेको जनाएको छ।

सूचना अनुसार, परीक्षामा साधारण क्यालकुलेटर मात्र प्रयोग गर्न पाइनेछ। यदि साइन्टिफिक क्यालकुलेटर प्रयोग गर्नुपर्ने अवस्था आएमा क्यालकुलेटरमा संचित गरिएका सबै डाटा हटाएर मात्र प्रयोग गर्न दिइनेछ। साथै, स्मार्ट वाच (Smart Watch) को प्रयोगमा पूर्णतः निषेध गरिएको छ।

बोर्डले परीक्षाको मर्यादा भंग गर्ने कार्यलाई कानुनले समेत प्रतिबन्धित गरेको जनाएको छ। परीक्षा कोठाभित्र मोबाइल फोन लगायतका प्रतिबन्धित सामग्री फेला परेमा कानुन बमोजिम कारबाही गरिने चेतावनी दिइएको छ।

“परीक्षाको मर्यादा विपरीत निर्देशनको उल्लंघन गर्दै परीक्षा कोठाभित्र लैजान निषेध गरिएको मोबाइल परीक्षा कोठामा फेला परी नियन्त्रणमा लिएबाट परीक्षाको मर्यादा उल्लंघन भएको प्रष्ट छ,” सूचनामा भनिएको छ, “त्यसरी परीक्षाको मर्यादा भंग गर्ने कार्यलाई कानुनले समेत प्रतिबन्धित गरेको हुँदा निर्देशन विपरीत त्यस्तो कार्यमा संलग्न परीक्षार्थीलगायतका अन्य व्यक्तिहरूलाई कानुनबमोजिम कारबाही चलाइनेछ।”

बोर्डले सबै जिल्ला परीक्षा समन्वय समितिलाई यसबारे आवश्यक व्यवस्था गर्न निर्देशन दिएको छ।

एसईई परीक्षा चैत ७ गतेदेखि सुरु हुँदैछ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस