२०८३ बैशाख २ गते, बुधबार ०४:२५

कुलमानलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय मागः एमाले प्रमुख सचेतक बर्तौला

काठमाडौं-

नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले मन्त्रिपरिषद्को बैठकले कुलमान घिसिङलाई पदमुक्त गरेको विषयमा प्रधानमन्त्रीको जवाफ माग्नु प्रतिपक्षको गैरराजनीतिक र असंसदीय माग रहेको टिप्पणी गर्नुभएको छ । 
बुधवार संघीय संसद परिसर नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेत बर्तौलाले यस्तो टिप्पणी गर्नुभएको हो ।

एक अमुख कर्मचारीलाई देवत्वकरण गरेर संसदमा प्रतिपक्षी दलको तर्फबाट भएको अवरोधको कुनै औचित्य नभएको उहाँको भनाइ छ । सरकारले अध्यादेशमार्फत ल्याएका प्रतिस्थापन विधेयकहरुलाई पास गर्न नदिनको लागि दुराशययुक्त ढंगबाट अवरोध सिर्जना गर्ने काम भएको उहाँको आरोप छ । कर्मचारीको निुयुक्ति,प दमुक्त र सरुव गर्ने सरकारको नियमित काम भएको भन्दै प्रधानमन्त्रीले जवाफ दिइराख्नु नपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सरकारले विभिन्न निर्णयहरु गर्छ । सरकारले गरेको निर्णयलाई मुद्दा बनाएर हाउस अवरुद्ध गर्ने कुरा सामन्यतः हाउसभित्र भएको छैन । एउटा कर्मचारीलाई देवत्वकरण गर्ने काम जसरि प्रतिपक्षीको तर्फबाट हाउसमा भयो र मन्त्रिपरिषद्ले गरेको एउट निर्णयको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने र नभए हाउस चल्न दिदैनौं भन्नु असंसदीय र गैरराजनीतिक कुरा हो ।

संसदले गर्नुपर्ने धेरै कार्यभारहरुलाई अगाडि बढ्न नदिनको लागि दुराशययुक्त ढंगबाट हामलिे अध्यादेशबाट आएका प्रतिस्थापन विधेयकहरु पारित गर्ने सिलसिलामा रहेको कारण त्यसमा अवरोध सिर्जना गर्ने मनसायका साथ एउटा कर्मचारीलाई बोकेर प्रधानमन्त्रीको जवाफ माग्नु असम्भव र बेठिक कुरा हो । कर्मचारीको नियुक्त, पदमुक्त र सरुवा सरकारले गरि नै रहन्छ ।’

उहाँले कुलमानलाई पदमुक्त गर्ने निर्णयबारे जवाफ दिनैपरेपनि विभागिय मन्त्रीले दिने बताउनु भयो । 

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस