२०८२ बैशाख १४ गते, आईतवार ००:०६

काठमाडौं – 

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने प्रदर्शनका क्रममा सरकार र सुरक्षा संयन्त्रको गम्भिर त्रुटी भएको बताउनुभएको छ ।

शुक्रवार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले प्रदर्शनकारीलाई आन्दोलनका लागि तीनकुने क्षेत्र नै किन दिइएको ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले अराजकत प्रदर्शनको मुख्य योजनाकार सार्वजनिक गर्न समेत माग गर्नुभयो । उहाँले वर्तमान सरकार मुलुकमा सुशासन कायम गर्नेभन्दा पनि विद्युत प्राधिकरण र राष्ट्र बैंकको गभर्नरको पछि मात्र लागेको आरोप लगाउनु भयो । उहाँले वर्तमान सरकार खालि सेटिङको पछि मात्र दौडिरहेको आरोप लाग्ने गरेको समेत टिप्पणी गर्नुभयो । तस्करी रोक्दै जनतामा रहेको निराशा चिर्न सरकारको योजना के छ ? उहाँको प्रश्न छ । उहाँले आन्दोलनरत शिक्षक, मिटरब्याज पीडित र सहकारी पीडितहरुका समस्या समाधान गर्न समेत सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले कुनैपनि आन्दोलानलाई सामान्य रुपमा लिन नहुने बताउनु भयो ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस