काठमाडौं –
डा. चन्द्रकान्त राउत नेतृत्वको जनमत पार्टीले पार्टी उपाध्यक्ष दीपक कुमार साहलाई ६ महिनाका लागि निलम्बन गरेको छ। पार्टी र नेतृत्वविरुद्ध कुप्रचार गरेको, राष्ट्रिय उपाध्यक्षको जिम्मेवारीमा रहँदा पनि जवाफदेही नभएको र पार्टी विभाजनको प्रयास गरेको आरोपमा साहलाई यसअघि स्पष्टीकरण सोधिएको थियो। साहले समयमै जवाफ पेस गरे पनि चित्तबुझ्दो नभएको भन्दै पार्टीले निलम्बनको निर्णय लिएको हो।
निलम्बन पत्रमा भनिएको छ, “पार्टी अध्यक्षको पारिवारिक मामिलामा तपाईंकी श्रीमतीले प्रहरीमा उजुरी दिएको र पत्रकारसँगको अन्तर्वार्तामा संलग्न रहेको प्रमाणित छ। अध्यक्षको पारिवारिक विषयलाई लिएर षड्यन्त्र रच्ने र कार्यकर्तामाझ अध्यक्षलाई हटाउन लबिङ गर्नु अक्षम्य अपराध हो।”
Post Views: 35















