२०८२ बैशाख १३ गते, शनिबार २३:२२

जनकपुर-

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको भूमिसुधार तथा मालपोत कार्यालयका नायब सुब्बा दीपेन्द्र नारायण चौधरीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको अभियोगपत्र दायर गरेको छ।

कार्यालयका खरिदार मुन्नुकुमार दास र लेखापढी कानुन व्यवसायी जिवछ महतोले जग्गाको ट्रायल चेक र नक्सा सुधारका लागि सेवाग्राहीसँग ३५ हजार रुपैयाँ घुस मागिरहेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको थियो।

अनुसन्धानमा नायब सुब्बा चौधरीको पनि संलग्नता पुष्टि भएपछि आयोगले उनीहरुविरुद्ध एक महिनादेखि छ महिनासम्म कैद र ३५ हजार रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दर्ता गरेको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस