२०८२ बैशाख १४ गते, आईतवार ००:१२

काठमाडौं –
थाइल्याण्डको बैंककमा आयोजित बिम्स्टेक शिखर सम्मेलनका क्रममा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।

भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत यो भेट निकै उत्पादनमूलक भएको उल्लेख गर्दै भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताएका छन्। भेटमा दुई देशबीच ऊर्जा, सम्पर्क, संस्कृति र डिजिटल प्रविधि जस्ता क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको छ। साथै, यस वर्षको बिम्स्टेक शिखर सम्मेलनबाट विपद् व्यवस्थापन र समुद्री यातायातका क्षेत्रमा भएका सकारात्मक नतिजाहरूबारे पनि कुराकानी भएको मोदीले उल्लेख गरेका छन्।

भेटका क्रममा दुवै नेताले एकअर्कासँग हात मिलाएर र बैठकमा बसेर छलफल गरेको तस्बिरसमेत सार्वजनिक भएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस