२०८२ बैशाख १३ गते, शनिबार २२:४२

बारा-

जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियास्थित सडकमा ग।१ क ५१०६ नम्बरको ट्रकको ठक्करबाट १८ महिनाकी आकृतीकुमारी गुप्ताको शुक्रबार बिहान मृत्यु भएको छ। सोही ठाउँका कृष्णकुमार गुप्ताकी छोरी आकृतीलाई ठक्करबाट गम्भीर घाइते भएपछि बयोधा हस्पिटल वीरगन्जमा उपचारका लागि लगिएको थियो, तर उनको उपचारकै क्रममा मृत्यु भएको हो।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाको सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस