२०८३ बैशाख २३ गते, बुधबार ०२:५६

रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेश

काठमाडौं –

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ। उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

जिल्ला अदालतको फैसलाविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावेदन निवेदन दिएका थिए। न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश जारी गरेको अदालतका सूचना अधिकारी राम बहादुर कुँवरले जानकारी दिए। उनले भने, “जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न आदेश भएको छ।”

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस