२०८३ आश्विन २७ गते, मंगलवार २२:०३

हङकङमा नेपाल र हङकङ भिड्दै, फाइनल प्रवेशको लागि महत्वपूर्ण खेल

काठमाडौं –

हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तरगत आज नेपालले घरेलु टोली हङकङसँग प्रतिस्पर्धा गर्दै छ। जारी प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित रहेको नेपाल फाइनलमा पुग्नका लागि यो खेल जित्नैपर्ने दबाबमा छ।

यो महत्वपूर्ण खेल हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ।

नेपालले यसअघि आफ्नो पहिलो खेलमा गत बुधबार कतारलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा बिहीबार कुवेतलाई ६ विकेटले हराएको थियो। अर्कोतर्फ, हङकङले आफ्नो पहिलो खेलमा कुवेतसँग हार बेहोरेको थियो तर दोस्रो खेलमा कतारलाई ६८ रनको फराकिलो अन्तरले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको छ।

दुई खेलमा शतप्रतिशत जित निकालेको नेपाल ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको हङकङ २ अंकसहित दोस्रो स्थानमा छ भने कुवेत पनि २ अंकका साथ तेस्रो स्थानमा रहेको छ। दुवै खेलमा हार व्यहोरेको कतार भने अंक तालिकाको पुछारमा छ।

आजको खेल नेपालको लागि फाइनलमा स्थान सुरक्षित गर्न निकै महत्वपूर्ण हुनेछ। घरेलु टोली हङकङलाई पराजित गर्दै नेपाल अपराजित यात्रालाई कायम राख्न चाहन्छ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस