२०८३ बैशाख १ गते, मंगलवार १९:५३

आन्दोलनरत शिक्षकहरुलाई प्रधानमन्त्रीको आग्रहः हामीले शिक्षा ऐन ल्यायौं भन्ने पार्नको लागि दुःख गर्नु पर्दैन, सहमति गरेर घर जानुस्

 काठमाडौं–

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरुलाई जायज माग सम्बोधन गर्न सरकार तयार रहेको भन्दै घर फर्कन आग्रह गर्नुभएको छ ।

सोमवार नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो । संविधान र मुलुकको अर्थतन्त्रको आधारमा गर्न सकिने काम गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले शिक्षकका प्रतिनिधिहरुलाई वार्तामा आउन समेत आह्वान गर्नुभयो ।

उहाँले वर्तमान सरकार दमनकारी नरहेको उल्लेख गर्दै गर्न सकिने कामको लागि आन्दोलन गरिरहनु नपर्ने बताउनु भयो । उहाँले त्यसै आउने ऐनलाई हामीले ल्यायौं भन्नको लागि दुःख गरिरहनुनपर्ने बताउनु भयो । उहाँले माध्यमिक शिक्षा परिक्षा (एसईई) मा ५२ प्रतिशत फेल गराएर उनीहरुको भविष्य तरबार चलाइएको भन्दै यस सम्बन्धमा गम्भिर भएर सोच्न समेत शिक्षकहरुलाई आग्रह गर्नुभयो । हाल सरकारको नेतृत्व गरिरहेका दलहरुले नै टे«ड युनियनहरुको आन्दोलनलाई बचाएको समेत प्रधानमन्त्री ओलीको दाबी छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस