२०८३ बैशाख १ गते, मंगलवार १६:५८

पानीजहाज तथा जल परिवहनसम्बन्धी ऐन निर्माणमा सत्तापक्षले अल्मल्याएको प्रतिपक्षीको आरोप

काठमाडौं–

पानीजहाज तथा जलपरिवहनसम्बन्धी ऐन निर्माणका विषयमा सत्तापक्षका सांसदहरुले अल्मल्याउन खोजेको आरोप प्रतिपक्षी सांसदहरुले लगाएका छन् ।

प्रतिनिधि सभाअन्तर्गत विधायन व्यवस्थापन समितिको सोमवारको बैठकमा प्रतिपक्षी सांसदहरुले यस्तो आरोप लगाएका हुन् । विपक्षी दलका सांसदहरुले ऐन निर्माणमा समय लिएर छलफल गर्नुपर्ने बताएका छन् भने सत्तापक्षका सांसदहहरुले ऐन पास भएपनि आवश्यक विषय संशोधन गरेर थपघट गर्न सकिने बताएका छन् ।

बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले समितिमा छलफल गरेर पनि पास गर्न नसकिएको प्रावधानहरु नियमावलीमा राख्नुपर्ने बताउनु भयो । जलपरिवहन सञ्चालन सम्बन्धी प्रावधानहरु अध्ययन र छलफल गरेर राम्रो बनाउनुपर्ने उहाँको भनाइ छ ।नेकपा (माओवादी केन्द्र)का सांसद तारामान स्वाँरले अध्यादेशमा दुर्घटनाको प्रकारका बारेमा उल्लेख गर्नुपर्ने बताउनु भयो । उहाँले सामान्य दुर्घटनाका लागि ऐनमा पनि सामान्य र गम्भीर खालका दुर्घटनामा त्यसैअनुसार व्यवस्था गर्नुपर्ने बताउनु भयो । ऐनमा दुर्घटनाका प्रकार र त्यस अनुसार व्यवस्था नगरे गम्भीर परिणाम निम्त्याउनसक्ने उहाँको भनाइ छ ।

राष्ट्रिय सभा सदस्य अञ्जान शाक्यले भेइकल ट्राफिक सेवा प्रदानबारे अध्यादेशमा व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले जलमार्ग व्यवस्थापनका लागि भेइकल ट्राफिक सेवा अन्तर्राष्ट्रिय मान्यता अनुसार पनि अनिवार्य रहेको बताउनु भयो ।सांसदहरुले पानीजहाज सम्बन्धी ऐन निर्माण नेपालका लागि नयाँ विषय भएकाले समय लिएर छलफल गरी टुङ्गोमा पुग्नुपर्ने बताएका छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस