२०८३ आश्विन २७ गते, मंगलवार २२:४३

टर्कीद्वारा पाकिस्तानमा हतियार पठाएको आरोप अस्वीकार, एर्दोगानद्वारा भारत–पाकिस्तानलाई संयमताको लागि आग्रह

काठमाडौं- 

टर्कीये सरकारले सोमवार इस्लामाबाद र नयाँ दिल्ली बीच बढ्दो तनावको बीचमा पाकिस्तानमा हतियार बोकेको विमान पठाएको रिपोर्टलाई अस्वीकार गरेको छ । केही सञ्चारमाध्यममा टर्कीएले हतियारले भरिएको ६ वटा विमान पाकिस्तान पठाएको समाचार प्रकाशन गरेका थिए ।

सरकारको सञ्चार निर्देशनालयले एउटा टर्कीको यातायात विमान आफ्नो आफ्नो मार्गमा अगाडि बढ्नुअघि इन्धन भर्नको लागि मात्र पाकिस्तानमा अवतरण गरेको बताएको छ । राजधानी अंकारामा मन्त्रिपरिषद्को बैठकपछि सोमबार पत्रकारहरूसँग भेट गर्दा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भारत र पाकिस्तान बीच संयमताको लागि आह्वान गरेपछि यो अस्वीकार आएको हो ।

अस्थिरतालाई थप बढाउँदै पाकिस्तानी सुरक्षा स्रोतहरूले विवादित कश्मीर क्षेत्रको वास्तविक सीमा, नियन्त्रण रेखामा पाकिस्तानी र भारतीय सेनाहरूबीच आक्रमण शुरु भएको रिपोर्ट गरेका छन् ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस