२०८३ बैशाख २ गते, बुधबार ०१:५४

राजनीतिक स्थिरता दिने शासकीय प्रणाली ल्याउनुपर्छः सांसद ज्वाला

काठमाडौं-

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रमले अहिलेका चुनौति सामना गर्न नसक्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले सरकारद्वारा प्रश्तुत नीति तथा कार्यक्रमले जनतामा आशा र उत्साह दिनुको सट्टा निराशामात्रै बाँडेको बताउनुभएको हो। सांसद ज्वालाले नीति तथा कार्यक्रममा संविधान संशोधनबारे एकलाइनमात्र बोलिएको तर प्रष्ट सोच र ठोस कार्ययोजना प्रश्तुत नगरिएकोले यो परम्परा धान्ने खालको कर्मकाण्डीमात्रै भएको आरोप लगाउनु भयो ।

उहाँले सरकार साँच्चै संविधान संशोधनका लागि तयार हो भने संविधान कार्यान्वयनमा देखा परेका समस्याको पहिचान गरेर त्यसको समाधान खोज्नतर्फ लाग्नु आग्रह गर्नुभयो । उहाँले राष्ट्रिय सहमतिकासाथ जनमुखी र अग्रगामी एजेण्डा सम्बोधन हुनेगरि संविधान संशोधन गर्नुपर्ने र राजनीतिक स्थिरता दिने शासकीय प्रणाली ल्याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिला, दलित लगायत पछाडि पारिएका वर्ग र समुदायको अधिकार अझै सुनिश्चित हुनेगरी संविधानलाई समय सान्दर्भिक बनाउनुपर्नेमा जोड दिनुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस