२०८३ बैशाख २ गते, बुधबार ११:२१

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

काठमाडौं —

स्वर्गीय वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण गरिएको छ ।

मंगलवार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरेको हो । महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरिबाबु महर्जनले अनावरण गर्नुभयो । ०७९ असोज ३० गते शताब्दी पुरुष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो। उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरेका थिए ।

कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताउनु भयो । झनाख्य पार्कमा अब कुनैपनि शालिक नबनाउने बताउनु भयो । झनाख्य पार्कमा ४ वटा शालिक भइसकेकाले पाँच वटा नबनाउने बताउनु भयो । उहाँले जोशी मुलुककै गहना भएको बताउनु भयो ।

प्रमुख महर्जनले स्व। महर्जनले भाषा, साहित्य, संस्कृति र कलाको क्षेत्रमा ठूलो योगदान पु¥याउनुभएको बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस