२०८३ बैशाख २ गते, बुधबार ११:२६

शनिबारदेखि आईपीएल पुनः सुरु, फाइनल खेल जुन ३ मा हुने

काठमाडौं—

भारत र पाकिस्तानबीचको तनावका कारण एक साता स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ शनिबार (मे १७) देखि पुनः सुरु हुने भएको छ। युद्धविरामका लागि गत साता भएको सफल कूटनीतिक पहलपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले बाँकी खेलहरू सञ्चालन गर्ने निर्णय गरेको हो।

बीसीसीआईले जारी गरेको सूचनाअनुसार, आईपीएलको फाइनल खेल जुन ३ मा हुनेछ। गत बिहीबार (मे ८) मा सुरक्षा कारणले बीचमै रद्द भएको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल मे २४ मा जयपुरमा पुनः खेलाइने भएको छ।

आईपीएलको प्लेअफ चरणको तालिका पनि तय भएको छ। क्वालिफायर १ जेठ १५ गते (मे २९), इलिमिनेटर जेठ १६ गते (मे ३०), र क्वालिफायर २ जेठ १८ गते (जुन १) मा हुनेछ। प्लेअफ खेलहरूको स्थान भने पछि घोषणा गरिने बीसीसीआईले जनाएको छ।

बाँकी १७ खेलहरू दिल्ली, जयपुर, लखनऊ, बेंगलुरु, मुम्बई र अहमदाबादका ६ स्थानमा सञ्चालन हुनेछन्। मे १८ र मे २५ मा दुई–दुई खेल (डबल–हेडर) हुने तालिका छ। तनावका कारण पञ्जाबको धर्मशाला र चण्डीगढमा खेल नहुने भएकाले पञ्जाब किंग्सले आफ्ना बाँकी दुई घरेलु खेल जयपुरमा खेल्नेछ।

गुजरात टाइटन्स हाल १६ अङ्कसहित शीर्ष स्थानमा छ, त्यसपछि रोयल च्यालेन्जर्स बेंगलुरु, पञ्जाब किंग्स र मुम्बई इन्डियन्स छन्। दिल्ली क्यापिटल्स, कोलकाता नाइट राइडर्स र लखनऊ सुपर जायन्ट्स पनि प्लेअफको दौडमा छन्, तर चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बाहिरिसकेका छन्।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस