२०८३ आश्विन २७ गते, मंगलवार १८:२८

नेपाल र मलेसियाका सांसदहरुबीच संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान

काठमान्डौ — 

नेपाल र मलेसियाका सांसदहरुले एक आपसमा दुवै देशको संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान गरेको छ ।

मंगलवार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरुले मलेसियाका सांसदहरुसँग संसदीय प्रक्रियाबार अनुभव आदानप्रदान गरेका हुन् । संसदीय प्रक्रियाबारे अनुभव आदान प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले मलेसिया–नेपाल पाल्र्यामेण्ट फ्रेण्ड्सिप ग्रुपले आवश्यक कार्यक्रमहरु गर्न नसकेको बताउनु भयो । उहाँले फ्रेण्ड्सिप ग्रुप बनाए पनि सक्रिय हुन नसकेको जिकिर गर्नुभयो । उहाँले दुई देशबीचको मित्रता अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

समितिको बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मलेसिया र नेपालबीच जनस्तरबीचको सम्बन्ध प्रगाढ रहेको बताउनु भयो । उहाँले विकासको गति मलेसियाले धेरै अगाडि बढाएको जिकिर गर्नुभयो ।

समितिको बैठकमा समिति सभापति कमलादेवी पन्तले मलेसियाका सांसदहरुलाई समितिको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभयो । बैठकमा अन्य सांसदहरुले मलेसिया र नेपालबीतको संसदीय सम्बन्ध पनि थप मजबुत बनाउँदै एक अर्काको संसदीय अभ्यासहरु सिक्दै अघि बढ्न जरुरी रहेको बताए ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस