२०८३ बैशाख २ गते, बुधबार १०:०३

निजी क्षेत्रको चाहना नै उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयनः अध्यक्ष अग्रवाल

काठमाडौं –

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित आर्थिक रूपान्तरणको मार्गचित्रः उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अर्थमन्त्री आगामी बजेट निर्माणमा घनिभुत भएर लागिरहेको र विद्यमान चुनौतीपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्नेगरी बजेट ल्याउनुपर्ने दायित्व रहेको जिकिर गर्नुभयो ।

उहाँले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले तत्काल गर्नुपर्ने, मध्यकालीन एवं दीर्घकालीन सुधारका सुझावहरू दिएको बताउनु भयो । उहाँले केही सुझावहरू आगामी बजेटबाटै कार्यान्वयनमा लैजाने खालका रहेको उल्लेख गर्नुभयो । उहाँले कतिपय मन्त्रीपरिषद्ले निर्णय गरेर पनि कार्यान्वयनमा लैजान सकिने सुझावहरू आयोगले दिएको बताउँदै आयोगका सुझावहरू कार्यान्वयन होस् भन्ने निजी क्षेत्रको चाहाना रहेको बताउनु भयो

उहाँले सरकारले आयोगले दिएका सुझावहरू कार्यान्वयन नगरे आगामी दिनहरूमा बन्ने आयोगको औचित्य नरहने जिकिर गर्नुभयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस