काठमाडौं –
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगले दिएका सुझावहरूलाई बजेटमा सम्बोधन गर्न कोशिस गरेको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित आर्थिक रूपान्तरणको मार्गचित्रः उच्चस्तरीय आर्थिक सुझाव सुधार आयोगको प्रतिवेदन कार्यान्वयन सम्बन्धमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । आयोगले सुझाव दिएका र बजेटमा सम्बोधन गर्न सकिने विषयहरू सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले आयोगले दिएका सुझावमा कानून संशोधनसहितका विभिन्न विषयहरू रहेको उल्लेख गर्दै बजेटबाट सम्बोधन गर्न सकिने विषयहरूमा आफ्नो बढी ध्यान केन्द्रित भएको जिकिर गर्नुभयो । उहाँले बजेट प्रश्तुत गर्ने समय नजिक आइसकेको बताउँदै नेपाल उद्योग परिसंघसहितका सङ्घसंस्थाहरूले दिएका सुझावहरूलाई अध्ययन गरिरहेको बताउनु भयो । उहाँले बजेट निर्माणको प्रेसर अवधिमा रहेको जिकिर गर्नुभयो ।
उहाँले आयोगको प्रतिवेदनले अर्थतन्त्रका समस्याहरूलाई प्रश्तुत गरेको र समाधानका उपायहरू समेत दिएको धारणा राख्नुभयो ।