२०८२ फाल्गुन ४ गते, सोमबार ११:४०

रौतहटका पत्रकार फणि महतको निधन, पत्रकारिता क्षेत्रमा शोक

रौतहट–

रौतहटका वरिष्ठ पत्रकार फणि महतको मंगलबार राति निधन भएको छ। करिब दुई वर्षदेखि ब्रेन ट्युमरबाट पीडित ४० वर्षीय महतको काठमाडौंको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा राति साढे १० बजे निधन भएको हो।

चन्द्रपुर नगरपालिका–४, रौतहट निवासी महत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय थिए। उनी चन्द्रपुरस्थित रेडियो सुप्रिमका सञ्चालक थिए भने अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकको रौतहट जिल्ला संवाददाताको रूपमा कार्यरत थिए।

महतका श्रीमती र दुई छोराछोरी छन्। उनको पार्थिव शरीर चन्द्रपुर नगरपालिकास्थित निवासमा ल्याइएको छ र आजै अन्त्येष्टि गरिने परिवारजनले जनाएका छन्।

महतको निधनले रौतहटको पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको भन्दै स्थानीय पत्रकार, समुदाय र शुभचिन्तकहरूले शोक व्यक्त गरेका छन्।

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस