२०८२ फाल्गुन ४ गते, सोमबार ११:१२

प्रधानमन्त्री ओली: सुशासन र विकासका लागि एमालेको बहुमतको सरकार आवश्यक

काठमाडौं –

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकासको बाटोमा मुलुकलाई तीव्र गतिमा अघि बढाउन एमालेको बहुमतको सरकार आवश्यक रहेको दाबी गरेका छन्। शनिबार राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय शिक्षा विभागद्वारा एमाले पार्टी कार्यालय, च्यासलमा आयोजित युवा उद्यमी सम्मान तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए।

अध्यक्ष ओलीले देशलाई बिग्रनबाट जोगाउन र सुशासनलाई तीव्र गतिमा अघि बढाउन एमालेलाई बहुमतको सरकार चाहिने उल्लेख गरे। “मुलुकका लागि एमालेको नेतृत्व आवश्यक रहेको बुझ्न हामीले ढिलो गर्यौं। अब त्यो भ्रममा रहनु हुँदैन। साना साना स्वार्थ राख्नेहरूले हामीलाई बदनाम गर्न खोजेका छन्। त्यस्ता भ्रममा पर्नु हुँदैन। आगामी निर्वाचनमा एमालेलाई बहुमत दिन युवाहरूले साथ दिनुपर्छ,” उनले भने।

उनले एमालेबाहिरका एक व्यक्तिले समेत देशलाई ओरालो लाग्नबाट जोगाउन र अर्थतन्त्र तथा राजनीतिलाई बिग्रन नदिन एमालेको नेतृत्वमा सरकार आवश्यक रहेको बताएको दृष्टान्त सुनाए। “अस्ति मलाई एमालेबाहिरका एक साथीले भने, ‘यो देशलाई ओरालो लाग्नबाट जोगाउने हो भने, अर्थतन्त्र र राजनीति बिग्रन नदिने हो भने एमालेको नेतृत्वमा सरकार चाहिन्छ,’” ओलीले भने।

साथै, उनले युवाहरूलाई एमालेमा एकीकृत हुन आग्रह गर्दै मेहनत र अनुभवबाट नेतृत्वमा पुग्न सकिने बताए। “म युवाहरूलाई एमालेमा आउनुस्, एकैपटक अध्यक्ष बनिहाल्नुस् भन्दिनँ। आउनुस्, काम र अनुभव हासिल गर्दै नेतृत्वमा पुग्न सकिन्छ,” उनले भने, “मेसी, एम्बापे पनि एकै दिन बनेका होइनन्। रहरले मात्र डाक्टर, इञ्जिनियर बन्न सकिँदैन। मेहनत र समय चाहिन्छ।”

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

महाशिवरात्रिमा बागेश्वर धाममा ३०० कन्याको सामूहिक विवाह सम्पन्न: १६८० छोरीका ‘धर्मपिता’ बने धीरेन्द्र शास्त्री

छतरपुर (मध्य प्रदेश) – महाशिवरात्रिको पावन अवसरमा भारतको मध्य प्रदेशस्थित

पोडकास्ट सुन्नुहोस