२०८३ बैशाख २ गते, बुधबार ०२:०८

कांग्रेस सांसदहरूको संसदमा कम उपस्थितिप्रति राप्रपा सांसद कार्कीको आपत्ति

काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले नेपाली कांग्रेसका सांसदहरूको प्रतिनिधिसभा बैठकमा कम उपस्थितिप्रति आपत्ति जनाएकी छिन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले कांग्रेस सांसदहरूको न्यून उपस्थितिलाई लिएर प्रश्न उठाउँदै व्यंग्यात्मक टिप्पणी गरिन्।

सांसद कार्कीले भनिन्, “आज त नेपाली कांग्रेसका माननीयज्यूहरू ७-८ जनादेखि बढी त देखिँदैन नि। उहाँहरू कता जानुभयो? गभर्नर खोज्न जानुभयो कि प्रधानमन्त्री खोज्न जानुभयो?” उनले कांग्रेस ठूलो पार्टी भए पनि सांसदहरूको कम उपस्थितिले शंका उत्पन्न भएको बताइन्।

उनको यो टिप्पणीले सदनमा उपस्थित सांसदहरूको जिम्मेवारी र सक्रियतामाथि प्रश्न उठाएको छ। यस विषयमा नेपाली कांग्रेसबाट कुनै औपचारिक प्रतिक्रिया आएको छैन।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस