२०८३ बैशाख १ गते, मंगलवार २३:३६

पर्साको भकुवा सीमामा सशस्त्र प्रहरीद्वारा ८१ हजारभन्दा बढी ट्रामाडोल ट्याब्लेट बरामद

वीरगन्ज, 
पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–२, भकुवा सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरी बल नेपालले ८१,४९० थान ट्रामाडोल हाइड्रोक्लोराइड नामक लागूऔषध बरामद गरेको छ। भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा यो लागूऔषध फेला परेको हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण, पर्साबाट सशस्त्र प्रहरी नायव उपरीक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलीले सिर्सिया नदीको बाटो हुँदै कार्टुनमा राखेर ल्याइँदै गरेको लागूऔषध बरामद गरेको हो। गस्तीमा रहेको सुरक्षाफौजलाई देखेपछि लागूऔषध बोकेर आएका दुई व्यक्ति सामान छाडेर फरार भएका थिए।

बरामद गरिएको ट्रामाडोल हाइड्रोक्लोराइडलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। यो बरामदगीले सीमावर्ती क्षेत्रमा हुने लागूऔषध तस्करीविरुद्ध सशस्त्र प्रहरीको सक्रियता र सतर्कतालाई झल्काउँछ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस