२०८३ बैशाख २ गते, बुधबार ०२:०८

लैङ्गिक हिंसा विरुद्धको अभियानमा निजी क्षेत्रको सहकार्य

काठमाडौं –

लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिवृद्दिका लागि युएनएफपीए र मनकामना दर्शन प्रा. लि. बिच सहयोग सम्झौता भएको छ ।

यस साझेदारीमार्फत दुवै पक्षले आगामी २ वर्षसम्म हिंसा विरुद्धको पैरवी, क्षमता अभिवृद्धि, हिंसा प्रभावित महिला तथा किशोरीको पुनःस्थापना गरी सुरक्षित र समावेशी वातावरण निर्माण गर्ने उद्देश्य राखिएको छ । मनकामना दर्शन प्रा. लि. ले लैङ्गिक हिंसा सम्बन्धी सचेतना अभिबृद्दिका लागि केबल कार परिसरमा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी सूचना सामग्री, हिंसा विरुद्धको अधिकार तथा न्याय प्राप्तिका लागि गरिने कार्य, प्रत्याभुति गर्ने निकाय सम्मको पहुँच विस्तार लगायतबारे सूचना सामग्री राख्नेछ । यस साझेदारीमार्फत हिंसा प्रभावितका लागि आय आर्जनको अवसर प्रदान गर्दै जीविकोपार्जनमा सहजिकरण गरिने युएनएफपीएकी प्रतिनिधि कमला खत्री विष्टले बताउनु भयो । मनकामना दर्शनका कर्मचारीलाई महिलालाई सुरक्षित हुनेगरी कसरी राख्न सकिन्छ भन्ने प्रशिक्षण दिइने बताउनु भयो ।

हस्ताक्षर समारोहमा बोल्दै युएनएफपीएकी प्रतिनिधि योङ हौङले युएनएफपीएले राखेको लक्ष्य प्राप्त गर्न नीजि क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो । मनकामना दर्शन प्रा. लि. का यसु श्रेष्ठले लैङ्गिक समानता र सामाजिक उत्तरदायित्व प्रति संस्थागत प्रतिबद्दता जाहेर गर्दै युएनएफपीए संगको साझेदारीमा हिंसा विरुद्धको अभियानमा संलग्न हुन पाउनु गौरवको विषय रहेको उल्लेख गर्नुभयो । सम्झौतामा, युएनएफपीएको तर्फबाट योन योङ हङ्ग र मनकामना दर्शन प्रा. लि.का तर्फबाट यसु श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस