२०८३ बैशाख १ गते, मंगलवार २३:३५

नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सम्हाले कार्यभार, पहिलो निर्णयमा नयाँ नोट छाप्ने

काठमाडौं –

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज आफ्नो कार्यभार सम्हालेका छन्। आजै शपथग्रहण गरेका उनले बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेर औपचारिक रूपमा गभर्नरको जिम्मेवारी सम्हालेका हुन्।

कार्यभार सम्हालेलगत्तै गभर्नर पौडेलले आफ्नो पहिलो निर्णयको रूपमा ५०० र १,००० रुपैयाँ दरका नयाँ नोट छाप्ने निर्णयमा हस्ताक्षर गरेका छन्। यो निर्णयले मुलुकको मुद्रा आपूर्तिमा सहजता ल्याउने अपेक्षा गरिएको छ।

सो अवसरमा बोल्दै गभर्नर पौडेलले मौद्रिक नीति र सरकारको वित्त नीतिबीच समन्वय कायम हुने बताए। उनले सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “हाम्रो लक्ष्य आर्थिक स्थायित्व र समृद्धिलाई सघाउने हो। मौद्रिक नीतिमार्फत हामी सरकारको वित्त नीतिलाई प्रभावकारी बनाउन प्रतिबद्ध छौं,” उनले भने।

गभर्नर पौडेलको यो पहिलो कदमले मुलुकको वित्तीय क्षेत्रमा नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएको छ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस