२०८३ बैशाख १ गते, मंगलवार २३:३५

पोखरा विमानस्थलमा भ्रष्टाचारको ट्रेलर हेरियो, फिल्म भैरहवा विमानस्थलमा हेर्नुपर्छः सांसद आले

काठमाडौँ –

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रेमबहादुर आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा १० अर्ब भन्दा बढी रकम वार्ताद्वारा भ्रष्टाचार भएको बताउनुभएको छ ।

बुधवारको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको फ्लाइट प्रोसिडर डिजाइन माग्दा २०२२ नोभेम्बरको मात्र उपलब्ध गराइएको बताउनु भयो । उहाँले ट्याक्साको बारेमा डकुमेण्ट माग्दा अर्थ मन्त्रालयबाट डकुमेण्ट नपाएको गुनासो गर्नुभयो । सार्वजनिक लेखा समिति कमजोर भएको त होइन भन्दै प्रश्न गर्नुभयो । १४५ मिलियनमा बन्ने एयरपोर्ट रातारात २१६ मिलियन पु¥याइएको बताउँदै ७१ मिलियन रकम खुलम खुला भ्रष्टाचार भएको बताउनु भयो ।

सांसद आलेले भ्रष्टाचारको टे«लर पोखरामा देखिएको र अब फिल्म भैरहवामा हेर्नुपर्ने बताउनु भयो ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस