२०८३ आश्विन २७ गते, मंगलवार १८:२८

बजेट र भूमि विधेयकका बारेमा छलफल गर्न लोकतान्त्रिक मोर्चाको बैठक जारी

बजेट, भूमि विधेयक लगायतका विषयमा छलफल गर्न संघीय लोकतान्त्रिक मोर्चाको बैठक बसेको छ ।

जनमत पार्टीको कार्यालयमा जारी बैठकले मोर्चाको सचिवालय र मूल समितिलाई पूर्णता दिने बताइएको छ । अघिल्लो बैठकको निर्णयअनुसार सबै पार्टीले नाम दिइसकेकोले आजको बैठकले अनुमोदन गर्ने जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो । साथै आजको बैठकमा भूमी अध्यादेश र आगामी बजेटका विषयमा छलफल हुने उहाँले जानकारी दिनुभयो । डा. यादवले आपूmहरुको मागप्रति सरकार सकारात्मक नभएकाले संविधान संशोधन, बजेट वितरण र भूमी अध्यादेशका विषयमा मोर्चाबन्दी नै गरेर गएका कारण यसपटक हाम्रा मागहरुको सुनुवाई हुन्छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक मोर्चामा जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनता प्रगतिशील पार्टी, राष्ट्रिय मुक्ति पार्टी नेपाल र तराई मधेस लोकतान्त्रिक पार्टी रहेका छन् ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस