२०८३ आश्विन २८ गते, बुधबार ००:४८

वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध

रामेछाप-

बिपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पैरो खसेपछि सवारीसाधनको आवतजावत अवरुद्ध भएको छ ।

मंगलटार प्रहरी चौकीका अनुसार नेपालथोकमा हिजो साँझ ५ बजेदेखि गाडी रोकिएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राखी नेपाथोक प्रहरीले  हिजो साँझदेखि नै सवारी साधन रोकेको हो ।

प्रहरीका अनुसार रोशीखोला किनारमा बनाइएका डाइभर्सनमा कुनै क्षति भएको छैन, तर केही स्थानमा माटो र ढुङ्गासहितको पैरो खसेका कारण सवारी सञ्चालनमा कठिनाइ आएको छ । निरन्तर भइरहेको वर्षाले पैरो पन्छाउने काम प्रभावित बनेको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक जोखिम नलिन, जो जहाँ छन् त्यहीँ सुरक्षित बस्न र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस