२०८३ आश्विन २८ गते, बुधबार ०८:१५

गणेशको परिवारलाई तीन दिनको तलब सहयोग गर्ने सांसदको घोषणा

काठमाडौं –

नेपाली कांग्रेसका सांसद विष्णुबहादुर खड्काले गणेश नेपालीको परिवारलाई तीन दिनको तलब सहयोग गर्ने घोषणा गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खड्काले सरकारले ज्यादती गरेर नागरिक मारेको बताए । नेपालीको परिवारलाई उचित राहत दिन सरकारसमक्ष माग गरे ।

“सानो भए पनि सदनमा मैले पाउने जुन सुविधा छ, त्यो सुविधामार्फत तीन दिनको सहयोग गर्न चाहन्छु,ू उनले भने ।

त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार आत्मदाहको प्रयास गरेका मुगुका नेपालीको शुक्रबार निधन भएको छ । सोही घटनाप्रति आज सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

अश्लील र धम्कीपूर्ण अडियो प्रकरण: रास्वपा सांसद खगेन्द्र सुनारमाथि आन्तरिक छानबिन सुरु, कार्यक्रमहरूमा जान रोक

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सदस्य

पोडकास्ट सुन्नुहोस