२०८३ कार्तिक ३० गते, सोमबार ८:१९

सुनसरीको घुस्कीमा छठ घाटमा तोडफोड, घटनापछि प्रहरी परिचालन

सुनसरी –

सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा छठ पर्वको दिन आज बेलुकी अज्ञात समूहले नदी किनारमा निर्माण गरिएको छठ घाटमा तोडफोड गरेको छ।

छठ पर्वका अवसरमा व्रतालु तथा श्रद्धालुहरूको पूजाका लागि निर्माण गरिएको घाटमा तोडफोड भएपछि स्थानीयवासी आक्रोशित भएका छन्।

घटनामा मुस्लिम समुदायका केही व्यक्तिको संलग्नता हुन सक्ने आशंका स्थानीयले व्यक्त गरेका छन्। यद्यपि, घटनामा कसको संलग्नता छ भन्ने विषयमा आधिकारिक पुष्टि हुन बाँकी छ।

स्थानीय हिन्दु अगुवाहरूले घटनालाई धार्मिक आस्थामाथिको प्रहार भन्दै दोषीको तत्काल पहिचान गरी कानुनी कारबाही गर्न प्रशासनसँग माग गरेका छन्।

घटनापछि सम्भावित तनावलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रशासनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने स्थानीयको माग छ।

प्रतिक्रिया

पोडकास्ट सुन्नुहोस