२०८२ असार १७ गते, मंगलवार १६:२५

काठमाडौं-

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम नै सरकार ढल्दैन भनेर भाषण गर्ने रहेको टिप्पणी गर्नुभएको छ ।

सरकार कुनैपनि बेला ढल्नसक्ने भएकाले प्रधानमन्त्री ओली बचाऊमा केन्द्रित हुनुपरेको उहाँको जिकिर थियो । शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव विप्लवले सरकार टिक्ने अवस्था नभएकाले मुलुकमा विकास, निर्माणको कामले गति लिन नसकेको पनि बताउनु भयो । उहाँले भ्रष्टहरुले सरकार हटाउने र सत्ता कब्जा गर्ने हर्कत गरिरहेकाले जनतामा आक्रोश र असन्तुष्टि जन्मिएको दाबी समेत गर्नुभयो । महासचिव विप्लवले आफ्ना पार्टीका जेलमा रहेका पार्टीका नेता, कार्यकर्तालाई तत्काल रिहा गर्न पनि सरकारलाई दबाब दिनुभयो ।

महासचिव विप्लवले आफ्नो पार्टीलाई दमन गर्ने नीति लिए त्यसको कडा ढंगले प्रतिवाद गर्ने चेतावनी समेत दिनुभयो ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस