२०८२ असार १७ गते, मंगलवार १९:३५

पर्सा-

बिहारमा सन् २०२५ को अन्त्यमा अर्थात् नोभेम्बरमा विधानसभा चुनाव हुने भएको छ । यस पटकको निर्वाचनका लागि पनि दलहरुले जोडतोडका साथ तयारी थालिसकेका छन् । सबै दल मैदानमा जुटिरहेका छन् । यसै क्रममा बिहारमा विपक्षका नेता तेजस्वी यादव पनि तयारीमै व्यस्त छन् र आफ्नो पकड बलियो बनाउँदै लगेको देखिन्छ ।

विपक्षी दलका नेता तेजस्वी यादव अहिले कार्यकर्तादर्शन र संवाद भ्रमण गरिरहेका छन् । जब तेजस्वी यादवसम्म यो खबर पुग्छ कि उनको पार्टीका चार विधायकले चुनाव अघि नै उनलाई छोडेका छन् भने के हुन्छ रु बिहारको राजनीतिमा उथलपुथल आउने वाला छ ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक अख्तरुल इस्लाम शाहीनले बिहार विधानसभाका सभामुखलाई पत्र लेखेका छन् । यसमा उनले आरजेडीका चार जना विधायकले आफ्नै इच्छाले पार्टी परित्याग गरेको बताएका छन् । यो सूचीमा प्रह्लाद यादव, नीलम देवी, चेतन आनन्द र संगीता कुमारी रहेकाे भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस