२०८३ बैशाख २ गते, बुधबार ०६:०९

कठयाङ्गरिदो चिसोले दैनिक ज्यालादारी र मजदुरी गर्ने मारमा

तस्विर बीरगन्ज महानगरपालिका

पर्सा –
लगातार बढदै गएको चिसोले तराईवासिको जन जिनलाई नराम्ररी प्रभापवत गरेको छ । लगातार बगेको पूर्वीय वायुले गर्दा एक सातादेखि  मधेस प्रदेशमा शितलहर चली रहेकाकरण तापाक्रम झर्दै गएको छ । जस कारण तराईबासिको दैनिकी नै प्रभावित भएको छ ।

विहानै देखि लाग्ने हुसु र सोसंगै बगने चिसो हावाले तापाक्रमलाई झादै गएको छ ।  दैनिक ज्यालादारी तथा मजदुरी गरि अप्mनो परिवारको भरणपोषण गर्नेहरुको जिवनलाई बढ्दो चिसोले सबै भन्दाबढी प्रभावित गरेको छ । दिनानुनि बढ्दै गएको चिसोका कारण पेसेन्जर नपादा आम्दानी घट्दै गएको वीरगन्जमा रिक्सा चलाउदै आएका सर्लाही जिल्ला निवासी विध्यानन्द शर्माले बताउनुभयो ।

बढ्दै गएको चिसोले सवै भन्दा बढी वृद्ध विद्धा तथा वालिवालिकालाई प्रभावित गरेको वीरगन्ज महानगरपालिकाको वडा नं। २५ अलौं निवासी ६५ वर्षीय विश्वनाथ राउतले जानकारी दिनुभयो । उहाँले पछिलो दुई दिन देखि चिसो अझौ बढेको र यस कारण रुगाखोजी, ज्वरो जस्ता रोगले सताउन थालेको बताउनुभयो ।

चिसोबाट सबै भन्दाबढी ग्रामिण भेगका वासिन्दा प्रभावित भएको पर्साको पर्सागढी नगरपालिकाको पचरुखी वहुअर्वा निवासी सैरा खातुनले जानकारी दिनुभयो। उहाँले वीरगन्जको चौक चौकमा महानगरपालिकाले सर्वसाधारकाल लागि आगो तापने प्रवन्ध गरेपनि ग्रामिण क्षेत्रमा रहेका कुनैपालिकाले आगोको प्रवन्ध नगर्दा सो भेगका वासिन्दा चिसोबाट कट्याङ्गरिन बाध्य भएको बताउनुभयो ।

चिसो बढेसंगै अस्पतालहरुमा उपचार गराउन आउने विरामीको संख्या दोब्बले वृद्धी भएको नारयाणी अस्पताल वीरगन्जका वरिष्ठ फिजिस्यिन डा। उदयनारण सिंहले जानकारी दिनुभयो । उहाँले रुगा खोकी, कोल्ड डाइरिया, ज्वरो, दम, हृदयघात,पक्षघातका र उच्च रत्तचापका समस्या लिई अस्पताल आउनेमा सबै भन्दा बढी वृद्ध वृद्धा तथा वालवालिका रहेको बताउनुभयो ।

वृद्ध वृद्धाले स्वास्थ्यमा देखिएका समस्या वारे सहजै बताउन सक्ने भएपनि ससाना वालिवालिकाले समस्या बताउन नसकिने भएकाले उनको हेरचारमा विषेश ध्यान दिन आवस्यक रहेको डा। सिंहको भनाई रहेको छ । कोखा हान्ने, उच्च ज्वरो आउने, झाडा पखाला तथा बन्ता  जस्ता लक्षणहरु वालवालिकामा देखा परे चाँडो भन्दा चाडो नजिकैको चिकित्सकहा लैजान उहाँले सुझाव दिनुभयो ।

चिसोबाट जोगिन गर्मपानी तथा झोल पर्दाथको सेवान गर्न र  पुरै शरिरलाइ ढाक्नेगरी न्यानो लुगा लगाउनको साथै  अतिआवस्यक नभए घरबाहिर ननिस्किन चिकित्सकहरुले सर्वसाधारणलाई सुझाव दिएका छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस