२०८३ बैशाख २ गते, बुधबार ०६:१४

उपेन्द्र यादवले अर्को मोर्चाबन्दी गर्न खोजेको चर्चा परिचर्चा

पर्सा-

मधेश केन्द्रित दलहरुको मोर्चाबन्दीको तयारी थालिएसंगै जसपा नेपालले आफ्नो असन्तुष्टि जनाएको छ ।

मधेश प्रदेशको मुख्य घटकको रूपमा रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल मंगलबार भएको मधेश केन्द्रित दलहरुको मोर्चाको बैठकमा सहभागी भएनन् । हृदयेश त्रिपाठीसहित केही साना दलहरूको प्रयासमा मोर्चाबन्दीको तयारी भइरहेको बेला औपचारिक बैठकमा जसपा नेपालको प्रतिनिधिको अनुपस्थितिलाई आश्चर्यको रूपमा हेरिएको छ । तर केही दिनअघिसम्म जसपा नेपालका नेताहरूले मोर्चाबन्दीमा सहभागी हुने बताइरहेका थिए ।

कार्यदलको पहिलो बैठकमै अनुपस्थिति हुँदा उपेन्द्र यादवले अर्को मोर्चाबन्दी गर्न खोजेका चर्चा परिचर्चा हुन थालेको छ । जसपा नेपालको अनुपस्थितिलाई दुईवटा कारणको रूपमा अथ्र्याइएको नेताहरुबीच चर्चा भएको जनाइएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहितको पुरानै समाजवादी मोर्चामा सहभागी हुने यादवको इच्छाका कारणले नआएका हुन सक्ने आँकलन समेत गरिएको छ ।

अर्को कारण जसपा विभाजन गर्ने अशोक राईको समूह पनि सो मोर्चामा सहभागी हुने भएपछि यादव नआएको हुन सक्ने पनि बताइएको छ ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस