२०८२ असार १७ गते, मंगलवार १३:५५

काठमाडौं-

गृहमन्त्री रमेश लेखकले अपराध नियन्त्रण गरि मुलुकमा शान्ती सुव्यवस्था कायम गर्न र अपराधको अनुसन्धान गर्न नेपाल प्रहरीसम्बन्धी ऐन र कानूनलाई एकीकरण एवं संशोधन गरिएको बताउनुभएको छ ।

प्रतिनिधि सभाको सोमवारको बैठक नेपाल प्रहरी विधेयकमाथिको छलफलमा सांसदहरुले राखेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो । उहाँले नेपाल प्रहरी विधेयक प्रहरीको ‘सर्भिस ल’ भएको दाबी गर्नुभयो । उहाँले विधेयकले कानूनी रुप लिएपछि नेपाल प्रहरीलाई व्यवसायिक र प्रभावकारी बनाउँदै मुलुकमा विधिको शासन कायम गर्ने थप सहयोग प्रदान गर्ने विश्वास लिनुभयो ।

विधेयकमा प्रहरी संगठनलाई समावेशी र राष्ट्रिय स्वरुपको बनाउने प्रयास गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

neelambads

पोडकास्ट सुन्नुहोस