काठमान्डौँ-
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले टिप्परहरुले कानून नमान्दा दुर्घटनाहरु बढेको भन्दै टिप्परको लागि अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गर्नुभएको छ
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो । उहाँले स्थानीय तहका जनप्रतिनिहरुको लगानी भएका टिप्परहरुले कानून मान्ने नगरेको उहाँको आरोप छ । टिप्परको व्यवस्थापनि राज्य संयन्त्र नै कमजोर रहेको उहाँको भनाइ छ । सांसद झाले सीतापाइला र धार्केमा टिप्पर हिँड्न अनुमति नदिएको भएपनि जबरजस्ति हिँडिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले सरकारले सडक दुर्घटना न्युनिकरण पनि गर्ने हो कि मृतकको संख्या मात्र गनेर बस्ने हो भन्दै प्रश्न समेत गर्नुभएको छ ।