२०८३ आश्विन १८ गते, आईतवार ०२:२६

संसदमा उठ्यो बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरणको विषय, जाँचबुझ आयोग गठन गर्न माग

काठमान्डौँ-

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले बुद्ध एयरको जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा अवतरण गरेको बारे जाँचबुझ आयोग गठन गर्न माग गर्नुभएको छ ।

बिहीवार अपरान्ह जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौंको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । जनकपुरबाट काठमाडौं आएको उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बुझिएको छ । उक्त जहाजमा ६२ यात्रु थिए । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा सांसद सिंहले यस्तो माग गर्नुभएको हो ।

फरक प्रसंगमा बोल्दै उहाँले नेपाललाई समृद्धिको लागि धार्मिक तीर्थस्थलको प्रचारप्रसार गरी पयर्टक भित्र्याउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस