२०८२ पुष २८ गते, सोमबार ०६:३३

बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सांसद बडूद्वारा सरकारको ध्यानाकर्षण

काठमान्डौँ-

नेपाली काँग्रेसका सांसद दिलेन्द्र बडूले बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै सांसद बडूले यस्तो बताउनुभएको हो । उहाँले गत वर्ष आएको बाढीका कारण क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि सरकारको योजना के छ ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले दार्चुलाको मार्मा गाउँपालिका वडा नम्बर ४ को एक गाउँ बाढीले बिस्थापित हुन पुगेको भएपनि अहिलेसम्म पुनर्निर्माण हुन नसकेको बताउनु भयो ।

क्षतिग्रस्त संरचनाहरुको समयमै पुनःनिर्माण नहुँदा जनता त्रसित र भयमा बाच्न बाध्य रहेको सांसद बडूको भनाइ छ ।

 

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस