२०८३ असार १० गते, बुधबार १०:५१

वीरगन्जको ठाकुर राम क्याम्पसमा स्ववियु चुनाव: ने.वि. संघ पर्साद्वारा सुरक्षाको माग

वीरगन्ज-

नेपाल विद्यार्थी संघ (ने.वि. संघ) जिल्ला कार्य समिति पर्साले वीरगन्जको ठाकुर राम बहुमुखी क्याम्पसमा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको छ।

ने.वि. संघ पर्साका सभापति इ. रमेश यादवको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाउँदै शान्तिपूर्ण र निष्पक्ष निर्वाचनको वातावरण बनाउन आग्रह गरेको हो।

ज्ञापनपत्रमा लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन आगामी चैत ५ गते हुने तय भएकोमा विद्यार्थीहरू उत्साहित भएको उल्लेख छ। तर, केही अराजक तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरिरहेको सूचना प्राप्त भएकोले सुरक्षा व्यवस्था कडा पार्न माग गरिएको छ।

“देशकै पुरानो र महत्वपूर्ण शैक्षिक संस्था ठाकुर राम बहुमुखी क्याम्पसमा डेढ दशकदेखि स्ववियु निर्वाचन हुन नसक्नु विद्यार्थी र विद्यार्थी संगठनका लागि विडम्बना हो,” ज्ञापनपत्रमा भनिएको छ, “अहिले विद्यार्थीहरू उत्साहित भएर निर्वाचनको तयारीमा जुटेका छन्। यस्तो अवस्थामा अराजक तत्वहरूले निर्वाचन बिथोल्न खोजे विद्यार्थीहरूको भविष्यमाथि खेलवाड हुनेछ।”

ने.वि. संघले निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रशासनले आवश्यक सबै कदम चाल्नुपर्नेमा जोड दिएको छ। निर्वाचन बिथोल्ने तत्वहरूलाई कानुनी दायरामा ल्याएर कारबाही गर्न पनि माग गरिएको छ।

ज्ञापनपत्र बुझाउने क्रममा ने.वि. संघका विद्यार्थी नेताहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आन्दोलित: देशव्यापी प्रतिरोध र भण्डाफोर अभियानको घोषणा

काठमाडौँ – नेकपा (एमाले) ले पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारीलाई

पोडकास्ट सुन्नुहोस