२०८३ बैशाख २ गते, बुधबार ०८:२६

वीरगन्जमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस धूमधामले मनाइयो

वीरगन्ज-

वीरगन्ज महानगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वीरगन्जको घण्टाघर चोकमा ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवस आज  विभिन्न कार्यक्रम गरी मनाइएको छ। कार्यक्रममा महिला अधिकार, समानता र सशक्तीकरणलाई केन्द्रित गरी विभिन्न गतिविधिहरू सम्पन्न भएका थिए।

कार्यक्रममा पर्सा जिल्लाका प्रहरी उपरीक्षक गौतम मिश्रले महिला हिंसा विरुद्ध कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “जुनसुकै स्थानमा जस्तोसुकै महिला हिंसा गर्ने व्यक्तिलाई खोजीखोजी कडा कारबाही गरिनेछ। हामीले एक महिनाभित्र चार जना महिला हिंसा गर्ने व्यक्तिलाई पक्राउ गरी कारवाही गरिसकेका छौं। यसका लागि आम नागरिकको सहयोग पनि आवश्यक छ।”

कार्यक्रममा एनजीओ सीसी पर्साका अध्यक्ष इब्राहिम देवान, वीरगन्ज महानगरपालिकाको महिला शाखाका अधिकृत रञ्जना पण्डित लगायतले महिला दिवसको शुभकामना व्यक्त गरे।

दिवसको अवसरमा “सबै महिला तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तीकरण” भन्ने नारासहित याली निकालिएको थियो। याली घण्टाघरबाट निस्किएर नगर परिक्रमा गरेर पुनः घण्टाघरमै आएर टुंगिएको थियो।

यस कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्सा, नारायणी अस्पताल, ओसीएमसी पर्सा, माइती नेपाल, आफन्त नेपाल, आवर संसार, दलित महिला संघ, सानो पाइला, सहयात्री समाज, आमा नेपाल फाउन्डेशन लगायतका संघसंस्थाको सहकार्य रहेको थियो।

कार्यक्रममा वीरगन्ज महानगरपालिका वडा नम्बर ३ की सदस्य संगीता दास, दलित महिला संघ पर्साकी अध्यक्ष निला राम, सानो पाइलाकी कार्यक्रम संयोजक शैलेश्वरी सिंह, साउथ सिटी हस्पिटल एवम् वीरगन्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, सामुदायिक प्रहरी कुमहालटोलका सचिव श्रवन बहादुर रायमाझी लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस कार्यक्रमले महिला अधिकार र सशक्तीकरणको महत्वलाई उजागर गर्दै महिला हिंसा विरुद्ध जनचेतना बढाउने उद्देश्य राखेको थियो।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस