२०८३ श्रावण २७ गते, बुधबार २०:१५

पर्सामा “प्रहरी संग १ दिने कार्यक्रम” सफलतापूर्वक सम्पन्न

पर्सा-

समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साको आयोजनामा G.H.P. माध्यमिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले “प्रहरी संग १ दिने कार्यक्रम” मा सहभागिता जनाएका छन्। यस कार्यक्रमको आयोजना प्रहरी र स्थानीय समुदायबीच सहकार्य बढाउने उद्देश्यले गरिएको हो।

कार्यक्रममा विद्यालयका २ जना शिक्षक, १५ जना छात्रा र १५ जना छात्र, साथै ५ जना प्रहरी कर्मचारीहरूले सहभागिता जनाएका थिए। कार्यक्रमको मुख्य आकर्षण जिल्ला प्रहरी कार्यालय पर्साका कार्यालय प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रसंग छलफल तथा अन्तरक्रिया थियो। सहभागीहरूले प्रहरीको दैनिक कार्यप्रणाली, विभिन्न शाखाहरूको कार्यविधि र प्रहरी सेवाको महत्वबारे जानकारी प्राप्त गरे।

कार्यक्रमका सहभागीहरूले प्रहरी कार्यालयका विभिन्न शाखाहरूको अवलोकन गरेका थिए। यसले विद्यार्थीहरूलाई प्रहरीको कार्यप्रणाली र समुदायमा उनीहरूको भूमिकाबारे अझ बुझाइ मिलेको छ।

कार्यक्रम दिउँसो २:०० बजे समापन भएको थियो। यसले विद्यार्थीहरूमा प्रहरी प्रति विश्वास बढाउन र समुदायमा प्रहरीको सकारात्मक भूमिकाको बारेमा जागरूकता फैलाउन मद्दत गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले यस्ता कार्यक्रमहरू मार्फत समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेको छ। यसले नागरिकहरूमा प्रहरी प्रति विश्वास बढाउन र सुरक्षा सम्बन्धी जानकारी प्रदान गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस