२०८३ आश्विन १८ गते, आईतवार ०१:१२

पर्सामा भारतीय पेयपदार्थको बिगबिगी , होलीमा बजार अनुगमनमै निष्फलता

वीरगन्ज –

होली पर्वको अवसरमा पर्सा जिल्ला भरि, विशेष गरी वीरगन्ज महानगरमा, भारतीय पेय पदार्थ जस्तै कोकाकोला, स्प्राइट, माजा आदिको धुँवाधार बिक्री भएको छ। तर, यसलाई नियन्त्रण गर्न गठित बजार अनुगमन समितिले कार्यनिष्पत्ति नदेखाएपछि आम उपभोक्ताहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठगीको शिकार हुँदै आएका छन्।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय र वीरगन्ज महानगरपालिकाको संयुक्त निगरानीमा गठित समितिले होलीअघि नै बजारमा गुणस्तर, मूल्य नियन्त्रण र नक्कली सामग्रीको बारेम अनुगमन गर्ने भनिएता पनि व्यवहारमा यसले कुनै ठोस भूमिका ननिभाएको उपभोक्ता समूहहरूले आरोप लगाएका छन्। बीरगनजको बजारमा भारतबाट अनधिकृत रूपमा पसेका पेय पदार्थहरूको मात्रा बढेको छ भने केही पेयमा मिति नाघेको, नक्कली मार्किङ्ग र स्वास्थ्यलाई हानी पुर्याउने तत्व पाइएको छ।

एक उपभोक्ता सुरेश कुमार साहले भने, होलीमा कोकाकोला र माजा खरिद गरेँ, तर पिउनासाथ पेट दुख्यो। यी पेय भारतिय सीमाना नजिकैको बजारबाट नक्कली रूपमा आएका हुन्। उनले जिम्मेवार निकायले निगरानी गर्न नसकेको आरोप लगाए।

प्रतिक्रिया

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा २४ वर्षीया पत्रकार बेनी रे हार्मनी ह्वाइट हाउसको सहायक प्रेस सचिव तथा प्रवक्तामा नियुक्त

वाशिङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २४ वर्षीया पत्रकार बेनी

पोडकास्ट सुन्नुहोस