२०८२ पुष २७ गते, आईतवार २०:४२

मधेस प्रदेशका गृहमन्त्री लेखीका पीएसओ यादवको मृत्यु

जनकपुर-

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री राजकुमार लेखीका पीएसओ प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ।

मन्त्री यादवको सुरक्षामा खटिएका असई वीरेन्द्रकुमार यादवको सोमबार राति १२ बजेतिर मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी शान्तिराज कोइरालाले बताए।

एसएसपी कोइरालाका अनुसार आइतबार राति ११ बजेतिर अचानक पेट र छाती दुखेपछि उनलाई स्थानीय अस्पताल लगिएको थियो। तर त्यहाँ ठिक नभएपछि सोमबार थप उपचारका लागि नोबेल अस्पताल विराटनगर लगिएकोमा सोमबार राति १२ बजेतिर अस्पतालले मृत घोषणा गरेको कोइरालाले नेपालखबरलाई जानकारी दिए।

सिरहाको सुखचैना घर भएका यादवको दरबन्दी मधेस प्रदेश प्रहरी गण जनकपुरमा थियो।

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

विश्व हिन्दू परिषद्द्वारा हिन्दू पत्रकार संघका पदाधिकारी सम्मानित; धर्म र संस्कृतिको उत्थानमा लाग्न आग्रह

वीरगन्ज- विश्व हिन्दू परिषद् नेपाल, वीरगन्ज महानगर कार्यसमिति पर्साले नवनियुक्त

पोडकास्ट सुन्नुहोस