काठमान्डौँ-
नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलालले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशनमा संविधान विरोधी र राष्ट्रहित विपरितका कामहरु भइरहेको भन्दै संसदको ध्यानाकर्षण गराउनुभएको छ ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले पूर्वराजा शाहको निर्देशनमा मुलुकको राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने क्रियाकलापहरु भइरहेको बताउनु भयो । उहाँले यार्लीका क्रममा विदेशी नेताको तस्बिर प्रयोग गरिएको उल्लेख गर्दै संविधान प्रतिकुल कार्य भएको टिप्पणी गर्नुभयो ।

उहाँले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र मात्र हुने उल्लेख गर्दै संग्रहालयमा थन्काइएको राजतन्त्रको दिवासपना नदेख्न समेत चेतावनी दिनुभयो ।