२०८३ असार १० गते, बुधबार २३:५६

होलीमा मर्यादित बन्न जिल्ला प्रशासन कार्यालय पर्साको आग्रह, उच्छृंखल गतिविधि गरे कारबाही हुने

पर्सा-

रङहरुको पर्व होलीलाई मर्यादित र अनुशासित रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय पर्साले आग्रह गरेको छ । कार्यालयले एक सूचना जारी गर्दै होलीको अवसरमा कसैलाई पनि जबरजस्ती रङ नदल्न, लोला नहान्न र उच्छृंखल गतिविधि नगर्न आग्रह गरेको हो ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनामा भनिएको छ, “फागु (होली) पर्व मनाउने क्रममा इच्छाविपरीत रङ छ्याप्ने, जथाभावी अबिर फाल्ने, होहल्ला गर्ने गराउने, लोला हान्ने, जबरजस्ती अमर्यादित वा उच्छृंखल किसिमका व्यवहार गर्ने जस्ता कार्य प्रचलित कानुनविपरीत हुन् । सामाजिक र सांस्कृतिक मर्यादाविपरीतका यस्ता कार्य तथा व्यवहारहरु कोही कसैले नगर्नु नगराउनु हुन जिल्ला प्रशासन कार्यालय, पर्सा सम्बन्धित सबैमा अनुरोध गर्दछ।”

साथै, सूचनामा सर्वसाधारणको दैनिकी प्रभावित हुने गरी चर्को आवाजमा डिजे बजाउने कार्य नगर्न पनि आग्रह गरिएको छ। “अनुशासित, मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउनु हुन तथा कोही कसैको इच्छा एवं स्वीकृति वेगर गैरकानुनी एवं अमर्यादित व्यवहार गरे गराएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत सर्वसाधारणमा जानकारी को लागि अनुरोध छ,” सूचनामा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयले होलीलाई शान्त, सभ्य र मर्यादित रुपमा मनाउन सबैलाई आग्रह गरेको छ । उच्छृंखल गतिविधि गरेमा कानुनबमोजिम कारबाही हुने चेतावनी पनि दिइएको छ ।

होलीको अवसरमा जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको सूचनाको पूर्ण पाठ:

जिल्ला प्रशासन कार्यालय पर्साको सूचना

रंगहरुको पर्व होलीको अवसरमा समस्त पर्साबासीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।

फागु (होली) पर्व मनाउने क्रममा इच्छाविपरीत रङ छ्याप्ने, जथाभावी अबिर फाल्ने, होहल्ला गर्ने गराउने, लोला हान्ने, जबरजस्ती अमर्यादित वा उच्छृंखल किसिमका व्यवहार गर्ने जस्ता कार्य प्रचलित कानुनविपरीत हुन्। सामाजिक र सांस्कृतिक मर्यादाविपरीतका यस्ता कार्य तथा व्यवहारहरु कोही कसैले नगर्नु नगराउनु हुन जिल्ला प्रशासन कार्यालय, पर्सा सम्बन्धित सबैमा अनुरोध गर्दछ। अनुशासित, मर्यादित तथा व्यवस्थित तवरले होली पर्व मनाउनु हुन तथा कोही कसैको इच्छा एवं स्वीकृति वेगर गैरकानुनी एवं अमर्यादित व्यवहार गरे गराएमा प्रचलित कानुन बमोजिम कारवाही हुने व्यहोरा समेत सर्वसाधारणमा जानकारी को लागि अनुरोध छ। साथै सर्वसाधारणको दैनिकी प्रभावित हुने गरी चर्को आवाजमा डिजे बजाउने कार्य नगर्नु/नगराउनु हुन समेत सम्बन्धित सबैमा जिल्ला प्रशासन कार्यालय, पर्सा हार्दिक अपिल गर्दछ।

गणेश अर्याल

प्रमुख जिल्ला अधिकारी

जिल्ला प्रशासन कार्यालय पर्सा

प्रतिक्रिया

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

रास्वपा केन्द्रीय सदस्य (खुला मुस्लिम): बालेनका सल्लाहकार साह र सङ्गठन विभागका पुराना नेता अलिबीच रोमान्चक भिडन्त

वीरगन्ज– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया

मोहरम पर्वमा आयोजक संस्थाको आधिकारिक पत्र र पूर्ण जिम्मेवारी अनिवार्य, हिन्दू पक्षकोअडानपछि प्रजिअको निर्देशन

वीरगन्ज– मुस्लिम धर्मावलम्बीहरूको आगामी चाड दाहा (मोहरम/ताजिया) पर्वलाई पूर्ण रूपमा

पोडकास्ट सुन्नुहोस