वीरगन्ज-
आगामी स्ववियु निर्वाचनका लागि वीरगन्जस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरूले उम्मेदवारी दर्ता गराएका छन्।
स्ववियु निर्वाचन कार्यालयले आज उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो। सार्वजनिक नामावली अनुसार विभिन्न १४ वटा संगठनहरूले प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारी दर्ता गराएका छन्।

समाजवादी विद्यार्थी युनियनबाट सभापतिमा हरि किशोर यादव, दिपक कुमार पटेल र दुर्गा कुमारीले उम्मेदवारी दिएका छन् भने सचिवमा साहबाज हुसैन र प्रमानन्द दहितले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा राकेश कुमार कुशवाहाले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा अर्जुन सहनी मलाह, रवि प्रसाद कुशवाहा, पवन महतो कोइरी, मनिष कुशवाहा र राजेश कुमार यादव अहिर रहेका छन् ।
त्यसैगरी, समाजवादी विद्यार्थी युनियन, नेपालबाट सभापतिमा मो. सगीर अलि, सचिवमा रामबाबु प्रसाद यादव र कोषाध्यक्षमा चाँदनी कुमारी ठाकुरले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा शिवलाल महतो नुनिया, ज्योति पटेल, वृजेश प्रसाद यादव, तैयव देवान, साहिल अंसारी, सतरोहन कुमार पटेल, आलोक चौरसिया र शिव पासवान रहेका छन् ।
जय नेपाल विद्यार्थी संघबाट सभापतिमा राजु गुप्ता, सचिवमा रन्जन यो, कोषाध्यक्षमा रिकुं कुमारीले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा जय नेपाल चौरसिया, अहमद अंसारी, सालोनी कुमारी यादव, शनी कुमार पटेल, मेगराज न्यौपाने, दिपक कुमार साह, महेश प्रसाद चौहना र सरोज कुमार यादव रहेका छन् ।
दिलीप राज महतो स्वतन्त्र विद्यार्थी युनियनबाट सभापतिमा दिलीप राज महतो, सचिवमा गुनाई कुमार सिंह र कोषाध्यक्षमा कृष्णा दास तत्माले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा राजन यादव र मोतिलाल प्रसाद यादव रहेका छन् ।
नेपाल विद्यार्थी समूहबाट सभापतिमा राजकुमार यादव, सचिवमा मंदिरा कुमारी चौधरी र कोषाध्यक्षमा अंकित पटेलले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा अपू कुमार, दीपीका भण्डारी, अमित पटेल, आयुष कुमार गुप्ता, श्याम कुमार महतो, आयूष श्रीवास्तव, अशोक कुमार महतो र नेहा पासवान रहेका छन् ।
अनेरास्ववियुबाट सभापतिमा पवन यादव, सचिवमा अरमान आलम र कोषाध्यक्षमा अच्छेलाल प्रसाद कुशवाहाले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा संजय प्रसाद यादव, विवेक कुमार पटेल, लालबाबु कुमार यादव, राघव पटेल, सुशिल कुमार सहनी, विवेक कुमार पटेल, सुशान्त कुमार पटेल र ओम प्रकाश चौरसिया रहेका छन् ।
स्वतन्त्र युवा समूहबाट सभापतिमा श्याम प्रसाद गुप्ता, सचिवमा राज साहे र कोषाध्यक्षमा सलमान देवानले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा राम कृष्ण यादव, मयंक कुमार श्रीवास्तव, रामाशंकर पंडित, पृथ्वी नारायण सिंह, अनजय कुमार पटेल, सुभासनी कुमारी, मुस्कान समानी र संदिप प्रसाद चौहान रहेका छन् ।
नेपाल विद्यार्थी कल्याण समूहबाट सभापतिमा धर्मेन्द्र साह कानु, सचिवमा प्रतिमन यादव र कोषाध्यक्षमा सिमा कुमारी रौनियारले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा म.नुर आलम देवान र अभि यादव रहेका छन् ।
नेपाल विद्यार्थी संघबाट सभापतिमा विकाश मंडल धानुक, सचिवमा रोहित सिंह र कोषाध्यक्षमा दिपक कुमार पटेलले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा चन्दन कुमार पटेल, नितेश कुमार यादव, माला कुमारी साह, धिरेन्द्र साह तेली, एम.डि. चमन दुरदर्शी, आदित्य कुमार साह, अविजित यादव र चन्दन कुमार साह रहेका छन् ।
राष्ट्रिय विद्यार्थी संघबाट सभापतिमा सुधानसु प्रसाद चौरसिया, सचिवमा मेघराज प्रसाद यादव र कोषाध्यक्षमा ओमपुकार दासले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा अनिल प्रसाद यादव, धिरज पटेल, सुजित महतो केवट, नरेन्द्र प्रसाद साह तेली, अनुमाया कमारी, मिथलेश कुमार साह, राकेश साह कानु र मनि कुमारी गुप्ता रहेका छन् ।
अखिल (क्रान्तिकारी)बाट सभापतिमा अनिस कुमार पटेस, सचिवमा समसेदे अंखाख र कोषाध्यक्षमा भारति कुमारीले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा श्रवण पंडित कोहार, निरमल यादव, धर्मराज दहैत थारु, अजय राज चौहान, भागरति कुमारी, राकेश कुमार, सुलभ सहनी र रबि कुमार गुप्ता रहेका छन् ।
भेट फोर चेन्ज स्वतन्त्र विद्यार्थी यूनियनबाट सभापतिमा सिकेन्द्र कुमार यादव, सचिवमा संतोष कुमार साह र कोषाध्यक्षमा मुन्ना कुमार साहले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा प्रदिप प्रसाद यादव, पुष्पा कुमारी कुशवाहा, पुष्पा कुमारी तेली, रोहित साह कानु र कृष्णा कुमार साह रहेका छन् ।
सुधिर पटेल समूहबाट सभापतिमा कमलेश कुमार यादव, सचिवमा राजकपुर चौरसिया र कोषाध्यक्षमा माया शंकर कुमार कमकरले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा रोशन सिंह, चन्दन महतो कहार, कुमार पटेल, सागर कुमार श्रीवास्तव, आशुतोष पटेल, अजय प्रसाद यादव, एम.डी. रखिबुल हसन अली र विकाश कुमार पासवान रहेका छन् ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबाट सभापतिमा दिपेश कुमार साह, सचिवमा प्रमोद चौरसिया र कोषाध्यक्षमा प्रियांसु कुमारी रौनियारले उम्मेदवारी दिएका छन् । सदस्यहरूमा प्रमानन्द चौधरी थारु, रिंकी पटेल, इमामहसन राउत गद्दी, शिव कुमार महतो नुनिया, अभिषेक कुमार यादव, राहुल कुमार गुप्ता, अमित साह र विसाल शर्मा रहेका छन् ।
स्ववियु निर्वाचन कार्यालयका अनुसार उम्मेदवारहरूमाथि दाबी विरोधको समय फागुन २८ गतेलाई तोकिएको छ। त्यस्तै, उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २८ गते हुनेछ भने निर्वाचन चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ ।