२०८३ बैशाख २ गते, बुधबार ०७:०८

पर्सामा एसईई परीक्षा सुरु, ११ हजार ४१३ विद्यार्थी सहभागी

वीरगन्ज-

पर्सा जिल्लामा आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । यस वर्ष जिल्लाभरका २९ परीक्षा केन्द्रबाट ११ हजार ४१३ विद्यार्थीले परीक्षामा सहभागीता जनाएका छन् ।

शिक्षा विकास तथा समन्वय इकाई पर्साका अनुसार परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन कडा नियम लागू गरिएको छ । परीक्षा केन्द्रमा मोबाइल फोन र अन्य विद्युतीय उपकरण लैजान पूर्ण रूपमा निषेध गरिएको छ ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन भएको थियो ।

इकाई प्रमुख उपसचिव हरि राउतले परीक्षालाई मर्यादित बनाउन कुनै कसर बाँकी नराखिने बताए । उत्कृष्ट रूपमा केन्द्र सञ्चालन गर्नेहरूलाई पुरस्कृत गरिने र लापरबाही गर्नेहरूलाई कारबाही गरिने उनको भनाई छ ।

पर्सामा १७ वटा परीक्षा केन्द्र वीरगञ्ज महानगरपालिकामा र १२ वटा केन्द्र अन्य १३ वटा स्थानीय तहमा रहेका छन् ।

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

बालेन सरकारको ‘राष्ट्रिय प्रतिवद्धतापत्र’ सार्वजनिक: ५ वर्षमा १५ लाख रोजगारी र ३ हजार डलर प्रतिव्यक्ति आयको लक्ष्य

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा गठित नयाँ सरकारले मुलुकको शासकीय

सम्बन्धित खबर

पोडकास्ट सुन्नुहोस