काठमाडौं –

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलन थाइल्याण्डको बैङ्ककस्थित होटल साड्ग्रिलामा सुरु भएको छ। सम्मेलनको उद्घाटन सदस्य मुलुकका सरकार प्रमुखहरूको सामूहिक फोटोसेसन र कार्यसूची प्रस्तुतिसँगै भएको हो। थाइल्याण्डकी प्रधानमन्त्री पे थोङ् थान् शिनावातले आयोजक राष्ट्रका तर्फबाट प्रतिनिधिमण्डलका नेताहरूलाई स्वागत गरेकी छन्।
सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित थाइल्याण्ड, बङ्गलादेश, भूटान, भारत, म्यान्मार र श्रीलङ्काका सरकार प्रमुखहरूले सम्बोधन गर्ने कार्यक्रम छ। ‘बिम्स्टेक म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’ सम्झौतामा हस्ताक्षरपछि सदस्य मुलुकका नेताहरूले आ-आफ्नो धारणा राख्नेछन्।