२०८३ श्रावण २७ गते, बुधबार १९:४९

दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा राष्ट्रपति युनको महाभियोगलाई समर्थन

काठमाडौं –

दक्षिण कोरियाको संवैधानिक अदालतले राष्ट्रपति युन सुक–योललाई छोटो समयको लागि मार्शल ल लगाएकोमा महाभियोग लगाउने राष्ट्रिय सभाको प्रश्तावलाई समर्थन गरेको छ । अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाउँदै यो आठ न्यायाधीशहरूको सर्वसम्मत निर्णय भएको बताउनु भयो ।

कानूनअनुसार फैसला पढेपछि तुरुन्तै लागू भयो र ६० दिन भित्र राष्ट्रपति चुनाव हुनु आवश्यक रहेको बताइएको छ । रूढिवादी नेताले आधिकारिक रूपमा सबै राष्ट्रपतिको शक्ति गुमाएका छन् । २०१७ मा पूर्व रूढिवादी राष्ट्रपति पार्क ग्युन–हेलाई महाभियोगमार्फत पदच्युत गरेपछि जबरजस्ती सत्ताबाट हटाइएका देशका दोस्रो बहालवाला राष्ट्रपति बन्नुभयो ।

देशको संवैधानिक इतिहासमा राष्ट्रिय सभाद्वारा महाभियोग लगाइने युन तेस्रो राष्ट्रपति बन्नुभएको छ । २००४ मा राष्ट्रिय सभाले महाभियोग लगाएपछि स्वर्गीय उदारवादी राष्ट्रपति रोह मु–ह्युनलाई राष्ट्रपति पदमा पुनस्र्थापित गरिएको थियो । युनले गत वर्ष डिसेम्बर ३ को रातमा आपतकालीन मार्शल ल घोषणा गर्नुभएको थियो ।

तर विपक्षी नेतृत्वको राष्ट्रिय सभाले केही घण्टापछि यसलाई खारेज गरेको थियो । गत वर्ष डिसेम्बर १४ मा युनको महाभियोग प्रश्ताव पारित भएदेखि फेब्रुअरी २५ सम्म संवैधानिक अदालतमा कुल ११ सुनुवाइहरू भएका थिए । संवैधानिक अदालतको अन्तिम फैसला आउन १११ दिन लाग्यो ।

प्रतिक्रिया

६ महिनाको उपचारपछि भोलि स्वदेश फर्कँदै पूर्वप्रधानमन्त्री देउवा, बाजागाजासहित स्वागत गर्ने तयारी

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब ६

सनातन हिन्दू मोर्चाद्वारा प्रधानमन्त्रीलाई दुई दर्जन बढी जिल्लाबाट ३७ बुँदे ज्ञापन-पत्र: हिन्दू राष्ट्र कायम गर्न र अन्तरधार्मिक विवाह रोक्न माग

वीरगन्ज– सनातन हिन्दू मोर्चाले नेपालको धार्मिक, सांस्कृतिक, सामाजिक तथा राष्ट्रिय

पोडकास्ट सुन्नुहोस